४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


पाकिस्तानका विदेश मन्त्रीलाई कोराना सङ्क्रमण


२१ असार २०७७, आइतबार  

0
Shares


२१ असार ०७७, कराची । पाकिस्तानका विदेश मन्त्री शाह मोहम्मद कुुरेशीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ ।
उहाँलाई लक्षणका आधारमा परीक्षण गर्दा शुक्रबार कोरोनाभाइरस देखिएको अधिकारीहरुले जानकारी दिएका छन् ।
कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपनि विदेश मन्त्री कुरेशीले अलग्गै बसेर घरबाटै आफ्नो काम गर्नुहुने भएको छ ।
“शुरुमा मलाई ज्वरो देखियो, त्यसपछि म छुट्टै बसेर कोरोना परीक्षण गराएँ, नतिजामा सङ्क्रमण देखियो, म अब सेल्फ क्वारेन्टाइनमै बस्छु र म यहीँबाटै काम पनि गर्छु,” उहाँले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ ।
पछिल्लो विवरण अनुसार पाकिस्तानमा दुई लाख २३ हजार ७२८ जना कोरोनाभाइरसबाट सङ्क्रमण भएका छन् भने चार हजार ५९२ जनाको मृत्यु भएको छ ।
विश्वभरी सङ्क्रमणहरुको सङ्ख्याका आधारमा पाकिस्तान १२ औँ अग्रस्थानमा पर्दछ ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ७ : १५ बजे