११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर पाटनको पाँच ठाँउमा आकाशेपुल


२१ असार २०७७, आइतबार  

0
Shares


२१ असार ०७७, पाटन । ललितपुर महानगरपालिकाका पाँच स्थानमा आकाशेपुल निर्माणका लागि सम्भाव्यता अध्ययनको मस्यौदामाथि छलफल शुरु भएको छ । ग्रीड इन्डिको मटेरियल टेस्ट जेभीले सो निर्माणका लागि अध्ययन गर्ने भएको हो ।
ग्वार्काे, सातदोबाटो, चापागाउँ दोबाटो, एकान्तकुना र पुल्चोकदेखि कुपण्डोल वाग्मती पुल जाने स्थानमा फ्लाइओभर निर्माण गरिने योजना अघि बढाइएको महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले बताए । उनले भने,“ हामीले चक्रपथका चार ठाउँ र वाग्मती पुलसम्म फ्लाइओभर निर्माण सम्भाव्यता अध्ययनको जिम्मा ग्रीड जेभीलाई दिएका छाँै । महानगरपालिकाभित्र फ्लाइओभर निर्माण हुनु एक गौरवको कुरा हो ।”
अध्ययनकर्ताबाट सम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदन आएपछि सडक विभागसँग छलफल गरेर छिट्टै काम अघि बढाइनेछ । आकाशेपुल निर्माणले सडक दुर्घटना न्यूनीकरण र भद्रगोल ट्राफिक व्यवस्थापन गर्न सहज हुने महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए । उनले भने, “महानगरपालिकाले फ्लाइओभर गाइडलाइनसमेत तयार पारेको छ । यो गाइडलाइन नेपालमा बनेको पहिलो गाइडलाइन हो ।”

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  १० : ११ बजे