११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


जनप्रतिनिधिद्वारा निर्माणाधिन गोदावरी रंगशालाको अनुगमन


२६ असार २०७७, शुक्रबार  

0
Shares

अनुगमनको क्रममा मन्त्री विश्वकर्मा सहितको टोली । तस्विर ः प्रकाश केसी

लपु संवाददाता
२६ असार ०७७, ललितपुर । ललितपुर चापाचाउ टाहाखेलस्थित पूर्णलालको खानीमा निर्माण प्रकृयामा रहेको मिनि रंगशालाको अनुगमन गरिएको छ ।
गोदावरी नगरपालिका र प्रदेश सरकारको लगानीमा निर्माणाधिन रंगशाला निरिक्षणमा संघीय खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा,प्रदेश सासंद चेतनाथ सञ्जेल,गोदावरी नगरका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीलगायत सहभागी थिए ।
प्रदेश सासंद चेतनाथ सञ्जेलले कानूनी प्रकृया पुरा भएपछि अव तीनै तह मिलेर रंगशाला निर्माणको काम शुरु गर्ने बताएका छन् ।
१३ हजार दर्शक क्षमताको अण्डरग्राउण्ड पार्किङ्ग सहित रहनेछ । केही बर्षअघिसम्म यहाँ पूर्ण रोडा ढुंगा सञ्चालनमा थियो । खानीले छोडेको ढुंगा १ करोड २५ लाख रुपैयामा ठेक्का प्रकृयाद्वारा हटाउने र जमिन काम भइरहेको छ ।
रंगशाला रमणिय स्थलमा रहेको छ । यहाँबाट राजधानीका दृश्य सुन्दर देखिन्छ ।
खेलकुदमन्त्री जगत बहादुर विश्वकर्माले संघीय सरकारले यस रंगशाला निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ६ : ५९ बजे