
२६ असार ०७७, काठमाडौं । निरन्तरको बर्षापछि देशभर बाढी पहिरोको क्षति जारी छ । वाग्लुङ, सिन्धुपालचोक,कास्की,जाजरकोट,म्याग्दी, लमजुङ,रुकुमपीश्चम र डोटीलगायतका ठाँउहरुमा क्षति पुगेको छ ।

बाढी पहिरोले सयौं घर बगाएको छ, सथानीयबासी बेपत्ता छन् । जल तथा मोसम विज्ञान विभागको पुर्वानुमान अनुसार सोमबारसम्म बर्षा हुनेछ । यहाँका मौसमविद्हरुले समयमै सजक रहन आग्रह गरेका छन्।
हेरौं राष्ट्रिय समाचार समितीका प्रतिनिधिहरुले खिचि पठाएका केही दृश्यहरु ः

डोटीको केआइसिंह गाउँपालिका५ बुहारमा गए राति आएको पहिरोले पुरिएपछि क्षतिग्रस्त भएको से १ च २१२५ नम्बरको महेन्द्र जीप । जीपका चालक भने ज्यान बचाउन सफल भएका छन । तस्वीर ः विमलबहादुर विष्ट/रासस



बिहीबार रातिदेखि लगातार परेको पानीका कारण पोखरा महानगरपालिका ३३ मा घर तथा बस्तीमा पानी पसेपछि भेल नियन्त्रणको प्रयास गरिँदै । तस्वीर ः वासुदेव पौडेल/रासस

पोखरा महानगरपालिका१८, सराङकोटस्थित गोठादीमा गए रातिको पहिरोमा परी घाइते भएका छ जनाको मणिपाल शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार गरिँदै । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । तस्वीरः कृष्ण दवाडी \रासस










प्रतिक्रिया