९ असार २०८२, सोमबार | Mon Jun 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


उद्धार र राहतमा लाग्न कार्यकर्तालाई नेकपाको निर्देशन


२७ असार २०७७, शनिबार  

0
Shares

जाजरकोट बारेकाट गाउँपालिका–४ सार्कीगाउँमा पहिराले दुई घर बगाउँदा बेपत्ता १२ जनाको खोजी कार्य गर्दै स्थानीयवासी । तस्वीर ः हेमन्त केसी\रासस

२७ असार ०७७,कास्की । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कार्यालय कास्कीले प्राकृतिक विपद्को घडीमा सबैलाई सतर्कता अपनाउन आग्रह गर्दै पार्टी पङ्क्ति र जनवर्गीय सङ्गठनलाई राहत र उद्धारमा क्रियाशील हुन निर्देशन दिएको छ ।
पार्टी जिल्ला अध्यक्ष कृष्ण थापा र सचिव बखानसिंह गुरुङले आज विज्ञप्ति जारी गरी जिल्लाका विभिन्न स्थानमा गएरातिको पहिरोमा परी सात जनाको मृत्यु भएको खबरले पार्टी स्तब्ध भएको जनाउँदै मृतकहरुमा भावपूर्ण श्रद्धाञ्जलि तथा परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । नेकपाले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।
“मुलुक यतिबेला कोभिड–१९ को त्रासदीबाट गुज्रिरहेको छ, यतिनै बेला प्राकृतिक विपद्ले हामीलाई थप मर्माहत बनाएको छ । हाम्रो पार्टी हरेक सङ्कट र विपद्मा जनताको साथमा छ”, विज्ञप्तिमा भनिएको छ । नेकपाले नदी, किनार, भिरालो तथा जोखियुक्त क्षेत्रमा थप सतर्कता आवश्यक रहेकामा जोड दिँदै विपद्को घडीमा क्षतिको न्यूनीकरण, उद्धार एवं राहत तथा पुुर्नलाभजन्य कार्यका लागि सङ्घ, प्रदेश तथा स्थानीय सरकारले तदारुकताका साथ पहल अघि बढाउनसमेत माग गरेको छ ।

त्यसैगरी कास्की क्षेत्र नं १ बाट प्रतिनिधित्व गर्नुहुने प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले विज्ञप्ति जारी गरी प्राकृतिक प्रकोपबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै पार्टीका सम्पूर्ण कार्यकर्र्ताहरुलाई सतकर्ता अपनाउँदै सक्रियतापूर्वक उद्धारमा सहभागी हुन आग्रह गर्नुभएको छ ।
पूर्वमन्त्रीसमेत रहनु भएका नेता अधिकारीले पहिरोका कारण घरबारविहीन भएका परिवारको उद्धार तथा राहतमा जुट्न सरकारको ध्यानाकर्षणसमेत गराउनुभएको छ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ११ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।