२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पहिरोमा बेपत्ता १० जनाको शव फेला


२७ असार २०७७, शनिबार  

0
Shares


बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङगा गाउँपालिका–३ राहुघाटको सिमानास्थित रघुगङगा नदीमाथिको बाढीबाट क्षति पुगेको पुल । तस्बिर सन्तोष गौतम\रासस

२७ असार ०७७, म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङका विभिन्न ठाउँमा गएको पहिरोमा परी वेपत्ता भएका २१ मध्ये नौ जनाको शव भेटिएको छ । वडाध्यक्ष राजाराम सुवेदीका अनुसार कल्लेनीमा एक, ठूलोगाउँमा एक र राम्चेमा सात जनाको शव भेटिएको हो । सात जना वेपत्ता भएको रिखमा सुरक्षाकर्मीको टोली जाँदैैछ । रघुगङ्गा–६ ठाडाखानीमा बाढीले बगाएर वेपत्ता भएका नलिमान छन्त्यालको शुुक्रबार नै शव भेटिएको थियो ।
मालिका गाउँपालिका–७ बिमको तल्लोगाउँ, नौरु र दुलेमा वेपत्ता आठको खोजीमा शनिबार बिहान आएका सेना, शसस्त्र र प्रहरीको टोलीले काम सुरु गरेको वडाअध्यक्ष रेशम जुग्जालीले बताउका छन् । नेपाली सेनाको हेलिकप्टरमार्फत वेपत्ताको खोजी र उद्धारका लागि शनिबार बिहान सुरक्षाकर्मी घटनास्थल पुगेका हुन् । भौगोलिक बिकटता र प्रतिकूल मौसमका कारण शुक्रबार बिहान पहिरो गएको ठाउँमा २४ घण्टापछि मात्रै सुरक्षाकर्मी पुगेका हुन् ।
रघुगङ्गा–६ ठाडाखानीमा बाढीले बगाएर वेपत्ता भएका नलिमान छन्त्यालको शुुक्रबार नै शव भेटिएको थियो । दुखुखोलाले बगाएर वेपत्ता भएकी मालिका–६ की गीता रोका अझै फेला परेकी छैनन् । मराङको राम्चेमा पहिरोमा परी घाइते भएका चार जना घाइतेको हेलिकप्टरले उद्धार गरेर बेनी अस्पतालमा ल्याएको छ । एक जना गर्भवती समेत छिन् । यसैबीच म्याग्दीको मालिका गाउपालिका–५ देवीस्थान र धवलागिरी गाउँपालिका–७ काफलडाँडामा पहिरोका कारण ९३ घरपरिवार विस्थापित भएका छन् । केही दिनदेखिको निरन्तरको वर्षासँगै पहिरो खसेर जोखिम बढेपछि जनप्रतिनिधि, युवा क्लव र आमा समूहको पहलमा सुरक्षित ठाउँमा भएका घर र सामुदायिक भवनमा सारिएको छ ।
देवीस्थानको ताम्ला, गर्जरा, दारिम्बोट, घोर्लटे, दि र पारिभित्ताका ५३ घरको सामानसहित स्थानीयवासीलाई रुन्मामा सारिएको सुर्यमुखी युवा क्लवका अध्यक्ष भकबहादुर घर्तीले बताए । जुग्जाका १०, पन्थोकका नौ, घरिथोकका चार र मगरदाङका एक परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । रुन्माको नवसिर्जना युवा क्लवको भवन पुरिएको छ । ३० किलोवाट क्षमताको मगरदाङ लघुजलविद्युत परियोजनाको नहर, बाँध र विद्युतगृह पहिरोले बगाएको छ । गौडाखोला लघुजलविद्युत परियोजनाको संरचनामा क्षति पुगेको छ । देउताभिर जाने पदमार्ग र खारवाङखोलाको झोलुङ्गे पुल बगाएको छ । थप क्षति हुन नदिनका लागि जोखिमयुक्त बस्तिका वासिन्दालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको देवीस्थानका वडा सदस्य डिलबहादुर पुनले बताए ।
धवलागिरी गाउँपालिकाको काफलडाँडास्थित रानीबनबाट पहिरो खस्न थालेपछि छ परिवार विस्थापित भएका छन् । मनप्रसाद मगर र डण्डपानी जैसीको घरमा पहिरोले क्षति पु¥याएको देवी देउराली युवा क्लवका सदस्य लोकेश गर्बुजाले बताए । मगर, जैसी, हेमनाथ पौडेल, तेजबहादुर विक, खुमबहादुर मगर, रामबहादुर मगर र चित्रबहादुर मगरका परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । धेरै ठाउँमा पहिरो गएकाले ३९ घरधुरीको बसोबास भएको काफलडाँडा गाउनै जोखिममा परेको गर्बुजाले बताए । पहिरो र स्थानीय खोलामा आएको बाढीले सुन्तला बगैचा, धान खेत, कोदो र मकै बारी पुरिएर क्षति पुगेको छ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  १२ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।