११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं उपत्यकामा भेटिए ५ कोरोना संक्रमित


३० असार २०७७, मंगलबार  

0
Shares


३० असार ०७७, काठमाडौं । सोमबार काठमाडौं उपत्यकाका तीन जिल्लामा ५ सोमबार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ३, भक्तपुरका १ जनामा र ललितपुरका ५ जना कोरोना संक्रमित भेटिएका हुन् ।
सोमबार देशभरबाट संकलित तथ्याङ्क अनुसार १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता गौतमले बताए । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार ९ सय १६ जनाको नमुना परीक्षण गरिएको थियो । अहिले क्वारेन्टाइनमा २३ हजार सात सय ८४ जना उपचाररत छन् ।
अघिल्लो दिन आइतबार काठमाडौं उपत्यकामा ६ जनालाई कोरोना संक्रमण भएको थियो । जसमा काठमाडौंका ५ जना र ललितपुरमा एक जनामा कोरोना संक्रमण भएको थियो।
आइसोलेसन ८ हजार एक सय ७४ संक्रमित र सम्भावित संक्रमितको उपचार भइराखेको छ । पछिल्लो २४ घण्टामा १४७ जनाले कोरोना जितेका छन् । योसँगै कोरोना जित्नेको कुल संख्या आठ हजार पाँच सय ८९ पुगेको छ । प्रवक्ता गौतमका अनुसार यो संख्या कुल संक्रमितमध्ये ५१.१ प्रतिशत हा ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ७ : ५४ बजे