ललितपुर खबर फोटोग्राफी
३१ असार ०७७, सुनाकोठी ललितपुर । लामो समयदेखि ललितपुरको सुनाकोठी सडक अलपत्र बनेपछि सुनाकोठीबासी सडक बन्द गरेर आन्दोलनमा उत्रिए । सडकमा बर्षे भेल जमेर ठुला पोखरी बनेपछि सडक हिडि नसक्नु बन्यो ।
हिलाम्मे सडकका करण आजित यहाका स्थानीय यथास्थिीमा सडक बनाउने सरकारी निर्णय कार्यान्वयन गर्न माग गरेका थिए ।
स्थानीयबासी मंगलबार दिनभर सडमै बसे । सिमाको र चौतारामा ढुंगामुढा राखेर अवरोध राखिएको हुँदा याँहाको ट्रफिक दिनभर अस्तव्यस्त रह्यो ।
आन्दोलनकारीले विहानैदेखि सडक अवरोध गरेर धिमे बाजा बजाउदै सुनाकोठी बस्ती घुमेका थिए । साँझ अवेरसम्म सडक अवरुद्ध थियो ।
सडकमा आन्दोलन हुन थालेपछि ठेकेदार कम्पनी सैलुङ्ग कन्ट्रक्सनले ग्राइभेल झरेको थियो ।
प्रतिक्रिया