११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


महालक्ष्मीका २ सय २३ जनामा कोरोना भेटिएन


३१ असार २०७७, बुधबार  

0
Shares

कोरोना संक्रमित भेटिएपछि सिल गरिएको ललितपुर लुभु । तस्विर : ललितपुर खबर

३१ असार ०७७,इमाडोल । ललितपुरको महालक्ष्मी नगरपालिकास्थित लुभुमा एक परिवारमा १० जनामा कोरोना संक्रमण भेटिएकोमा उनका सम्पर्कमा आएका २२३ जना व्यक्तिहरुको रिपोर्ट नेगेटिभ(कोरोना नभएको) आएको छ ।
महालक्ष्मी नगरपालिकाले बुधबार प्रेस विज्ञप्ती जारी गरेर संक्रमणको आशंका गरिएको (२२३ जना) सबैंको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको हो ।
नगरपालिकाभित्र विदेशबाट फर्केका,अन्य रोग लागेर अस्पताल पुगेका,अस्पतालका स्वास्थ्यकर्मी र परिक्षा दिने विद्यार्थीहरुको कोरोना आशंकामा पिसिआर परिक्षण गरिएको थियो ।
नगरका मेयर रामेश्वर श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तीमा यस रिपोर्टले कोरोना समुदायमा फैलिनसकेको ले आत्तिनु पर्ने अवस्था नरहेको दावी गरेका छन् ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  १० : ४८ बजे