९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


यो वर्ष भक्तपुरमा गाईजात्रा नमनाउने


१ श्रावण २०७७, बिहिबार  

0
Shares


भक्तपुर नगरपालिकाले यसवर्ष जात्रा एवं पर्वलाई औपचारिकतामा मात्रै सीमित हुने भएको छ ।
भक्तपुर नगर कार्यपालिकाको बैठक र सरोकारवालासँगको छलफलले जात्रा एवं पर्वलाई औपचारिकतामा मात्रै सीमित गर्ने निर्णय गरेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिएका छन् ।
साउन कृष्ण चतुदर्शीका दिन मनाउने गथाःमुग अर्थात घन्टाकर्ण पर्व यसवर्ष साउन ४ गते परेको छ । यो पर्वमा नर्कट तथा छ्वालीबाट बनाइएका घण्टाकर्ण अर्थात गथाःमुगलाई भक्तपुरमा रहेका नेवार बस्तीबाट सर्वसाधारणले बाजागाजासहित प्रत्येक दोबाटो, तीनदोबाटो र चौबाटोमा लगेर जलाउने गरिन्छ ।
भाद्र शुक्ल प्रतिपदाको दिनबाट शुरु भई आठ दिन मनाइने गाईजात्रा पर्वलाई पनि औपचारिकतामा मात्रै सीमित गर्ने र घिन्ताङघिसी नाच देखाउन नपाइने, अन्य प्रस्तुतिहरु गर्न नपाइने निर्णय गरिएको भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले जानकारी दिए । यसवर्ष गाईजात्रा साउन २० गतेदेखि २७ गतेसम्म परेको छ ।

गाईजात्रामा वर्षभरिका मृतकहरुको सम्झनामा गाईको प्रतीकस्वरुप माटोको गाई, डोकसाँ र ताहामचासँगै लठ्ठी जुधाएर मौलिक रुपमा मनाइने घिन्ताङघिसी नाच उपत्यकामध्ये भक्तपुरको प्रमुख विशेषता हो । गाईजात्रामा हास्यव्यङ्ग्य, घोचपेच, देवी नाच, भैरव नाच, लुसी नाच, माक प्याखँ (बाँदर नाच), नागांचा प्याखँ, मयूर नाच, ख्याक नाच, खिचा प्याखँ, भालु प्याखँ, सिंहसिंहनी नाच, कचामचा नाच, धागो काट्ने नाच, सिलु वनेगु प्याखँजस्ता अनेकौँ सांस्कृतिक महत्वको नाच प्रर्दशन गर्ने गरिन्छ ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  ७ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।