४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


भारतमा एकै दिन ३२ हजार ५ सयभन्दा बढी संक्रमित


२ श्रावण २०७७, शुक्रबार  

0
Shares

कला ः कोपिला/ललितपुर खबर

२ साउन ०७७,नयाँदिल्ली (रासस÷एएनआई) ः भारतमा एकैदिनमा कोरोनाभाइरसबाट संक्रमित भएकाको संख्या ३२ हजार ६ सय ९५ पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीले बिहीबार जानकारी दिएका छन् ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा ३२ हजार ६ सय ९५ संक्रमित भएको जनाएको छ । मन्त्रालयका अनुसार योसँगै भारतमा कुल संक्रमितको संख्या ९ लाख ६८ हजार ८७६ पुगेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।
त्यसैगरी भारतमा गत २४ घण्टामा कोरोनाका कारण ६ सय ६ जनाको मृत्यु भएपछि कोभिड १९ बाट मृत्यु हुनेका संख्या २४ हजार ९ सय १५ पुगेको छ ।
भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या ३ लाख ३१ हजार १ सय ४६ रहेको छ भने ६ लाख १२ हजार ८ सय १५ जना संक्रमणमुक्त भइसकेका छन् ।
भारतमा महाराष्ट्र राज्य अत्यन्त प्रभावित भएको छ । यहाँ संक्रमितको संख्या २ लाख ७५ हजार ६ सय ४० पुगेको छ । तीमध्ये १० हजार ९ सय २८ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट दोस्रो धेरै प्रभावित भएको तमिलनाडु राज्यमा १ लाख ५१ हजार ८सय २० संक्रमित हुँदा २ हजार १ सय ६७ जनाको मृत्यु भएको छ ।
केन्द्रीय राजधानी समेत रहेको दिल्ली राज्यमा पनि १ लाख १६ हजार ९ सय ९३ जना संक्रमित भएका छन् भने ३ हजार ४ सय ८७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ९ : ३१ बजे