२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


गोदावरीको क्वारेन्टिनबाट भागेका आउजी मृत फेला


५ श्रावण २०७७, सोमबार  

0
Shares


५ साउन ०७७, कैलाली । कैलालीस्थित गोदावरी नगरपालिका–८ गोलादेवी आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका सोही वडाका ४५ वर्षीया शेरबहादुर आउजी मृत फेला परेका छन् ।
कैलालीमा क्वारेन्टिनबाट भागेका आउजी आज मृत फेला परेका हुन् । कबुलियत सामुदायिक वनमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।
उनी गतसाउन १ गते भारतबाट फर्किएका थिए ।
मृत फेला परेका आउजी आज बिहान मात्रै क्वारेन्टिनबाट भागेको प्रहरी नायब उपरीक्षक विष्टले बताएका छन् । प्रहरीले घटनास्थलमा पुगेर थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ८ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।