१४ कार्तिक २०८१, बुधबार | Wed Oct 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सोमबारबाट २४ घण्टा नै मुलुकभर वर्षा


५ श्रावण २०७७, सोमबार  

0
Shares

५ साउन ०७७, काठमाडौं । मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले आगामी २४ घन्टामा  देशका धेरै स्थानमा वर्षा हुने जानकारी दिएको छ । विभागका अनुसार अहिले मुलुकभर सामान्यदेखि पूर्ण बदली रही वर्षा भइरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिएकी छिन् । उनका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी  प्रदेशका केही स्थानका साथै  प्रदेश ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा आगामी २४ घण्टा भारी वर्षाको समेत  सम्भावना छ ।
त्यस क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले सबैसँग अनुरोध गरेको छ । विभागका अनुसार, हाल मनसुनी न्यूनचापीय रेखा नेपालतिर सरेको अवस्था छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ४ : ०७ बजे