७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


बाढी पहिरोको वितण्डाका दृश्य


६ श्रावण २०७७, मंगलबार  

0
Shares


६ साउन ०७७, काठमाडौं । गतसोमबारदेखि देशभर परेको अविरल वर्षापछि बाढी पहिरोको प्रकोप भएको छ । राजधानी काठमाडौंदेखि तराईका विभिन्न जिल्ला डुवानमा गरेका छन् ।

इतबारदेखि परेको निरन्तर वर्षापछि खसेको पहिरोले मङगलबार तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा क्षति पुगेको घर । पहिराले स्थानीय सुरेश अधिकारी र अर्जुन अधिकारीको घर पूर्णरुपमा क्षति भएको छ । तस्वीर ः कृष्ण न्यौपाने/रासस

देशका पहाडी भू–भागमा पहिरो जाँदा दर्जन भन्दा धेरैको ज्यान गएको छ भने सयौंं घरवारविहीन भएका छन् । हजारौ घर बस्न अयोग्य छन् ।
भुकम्पले भत्काएको पहाडको माटो यसपल्टको झरिले बगाएको छ ।

गत आइतबारदेखिको अविरल वर्षाका कारण हनुमन्ते नदीको सतह बढेर डुबानमा परेका राममन्दिर आसपास क्षेत्रका स्थल जलमग्न । तस्वीर ः रत्न श्रेष्ठ\ रासस

विकाश निर्माणको नाममा डोजरले भत्काएर पहाड पनि यो झरिमा झरेको हो ।
दक्षिण ललितपुरको सडक सञ्जाल यस पल्टको झरिले क्षत विक्षत भएको खबर छ ।


तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मार्कीचोकस्थित रोदीखोलामा आएको बाढीका कारण हिलाम्य भएको राजमार्ग । पहिरोका कारण पृथ्वीराजमार्गको विभिन्न खण्ड बिहानैदेखि अवरुद्ध भएको छ । तस्वीर ः कृष्ण न्यौपाने\रासस
कञ्चनपुरको महाकाली नदीमा उर्लदो भेलमा जोखिम मोलेर दाउरा सङकलन गर्दै तटीय क्षेत्रका बालबालिका । तस्वीरः शेरबहादुर सिंह\रासस

तनहुँको प्रसिद्ध धार्मिकस्थल छाब्दी बाराही मन्दिर जाने मार्गको व्यासनगरपालिका–१ खकौलीमा भाँसिएर अबरुद्ध भएको सडक । तस्बिरः सानेबहादुर नेपाली\रासस
लगातारको झरीले नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चार किलोमा गएको पहिरो डोजरले हटाइँदै । तस्वीरः कृष्ण आचार्य/रासस

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  १० : ३२ बजे