१६ साउन ०७७, काठमाडौं । काठमाडौँ उपत्यकाका १८ प्रहरीमा कोरोना सङ्क्रमण देखिएको छ । प्रहरी प्रधान कार्यालय नक्सालको सवारी शाखामा कोरोनाभाइरसको सङ्क्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब सङ्कलनको परीक्षणबाट शुक्रबार बिहानमात्र थप १८ प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
प्रहरी प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले हालसम्म काठमाडौँ उपत्यकामा ७२ र उपत्यका बाहिर २ सय ५० गरी ३ सय २२ प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएका जानकारी दिएका छन् । कोरोना पुष्टि भएकामध्ये १ सय १ जना निको भएर घर फर्किसकेका छन् । उपत्यकामा कोरोना पुष्टि भएका बिरामीलाई उपचारका लागि सशस्त्र प्रहरी बलको बलम्बु अस्पतालमा लगिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रतिक्रिया