४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


टोकियोमा कोरोनाभाइरस सङ्क्रमित बढ्दै


१८ श्रावण २०७७, आइतबार  

0
Shares

१७ साउन ०७७, टोकियो । टोकियोमा शनिबार कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्यामा सामान्य वृद्धि हुन थालेपछि नियन्त्रणका लागि सरकारले अनावश्यक हिडडुल नगर्न शहरवासीहरूलाई आग्रह गरेको छ । शनिबार टोकियोमा मात्र ४ सय ७२ जनामा सङ्क्रमण पुष्टि भएको क्योदो न्यूज एजेन्सीले स्वास्थ अधिकारीहरूलाई उद्धृत गरी लेखेको छ ।

जापानी  सञ्चारमाध्यमहरूका अनुसार राजधानी टोकियोमा सङ्क्रमितको सङ्ख्यामा दैनिक वृद्धि हुन थालेको छ । टोकियोमा अघिल्लो दिनको तुलनामा सामान्य वृद्धि देखिएको हो । टोकियोमा बिहीबार सङ्क्रमितको सङ्ख्या ३ सय ६७ रहेको थियो भने शुक्रबार सङ्क्रमितको सङ्ख्या ४ सय ६३ पुगेको थियो ।

अहिलेसम्म जापानमा कोरोनाभाइरसबाट कूल सङ्क्रमितको सङ्ख्या ३४ हजार ३ सय ७२ पुगेको छ भने एक हजार छ सङ्क्रमितको मृत्यु भइसकेको छ ।

टोकियोमा सङ्क्रमितको सङ्ख्या १२ हजार ६९१ पुगेको छ भने ३३२ को मृत्यु भएको छ । टोकियोमा सङ्क्रमण देखिएपछि अहिलेसम्ममा झण्डै ५० प्रतिशत व्यक्ति जुलाई महिनामा मात्रै सङ्क्रमित भएका जापानको स्वास्थ्य मन्त्रालयद्वारा उपलब्ध गराइएको तथ्याङ्कमा उल्लेख छ ।

टोकियो र आसपासका क्षेत्रमा अनावश्यक रूपमा घरबाट ननिस्कन र बार तथा रेष्टुरेन्टमा नजान सरकारले आग्रह गरेको छ । यद्यपि सरकारले नियन्त्रणका लागि पहिले गरेजस्तो स्वास्थ्य सङ्कटकालीन अवस्थाको घोषणा तत्काल गरिहाल्ने सम्भावना नरहेको अधिकारीहरूले बताएका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ८ : ३८ बजे