११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


मच्छिन्द्रनाथको रथ तान्ने दिन अझैं अनिश्चित


१९ श्रावण २०७७, सोमबार  

0
Shares


१९ साउन ०७७, ललितपुर । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ तानेर पुल्चोकबाट गाःबहाल लैजाने दिनको अनिश्चित बनेको छ । काठमाडौं उपत्यकामा दिनानुदिन कोरोना महामारी बढेसँगै रथ तान्ने यकिन हननसकेको हो ।
हरेक बर्ष मच्छिन्द्रनाथलाई रथारोहण गराएको चार दिनमा पुल्चोकबाट गाःबहालसम्म रथ तानेर लगिन्थ्यो । यस वर्ष कोरोना त्रासका साथै समुदायस्तरमा यसको लक्ष्य देखिन थालेकाले अब कुन दिन तानिन्छ भन्नेबारे कुनै एकिन भइनसकेको गुठी संस्थान शाखा कार्यालयका प्रमुख राजन भुजुले बताएका छन् । “हामीले यही साउन १० गते मच्छिन्द्रनाथलाई रथमा बिराजमान गरायौँ”, उनले भने, “उहाँलाई रथमा राखेको चार दिनमा पुल्चोकबाट गाःबहाल तानेर लानुपर्ने चलन भएता पनि कोभिड–१९ फैलिने डरले आजसम्म तानेका छैनौँ ।”
अब यसै दिन मच्छिन्द्रनाथको रथ तानीन्छ भनेर निश्चित भइनसकेको भुजुले जानकारी गराए । लोकेश्वरको रथ नियमित रुपमा पुल्चोकबाट तानेर गाःबहाल, गाःबहालबाट तानेर मङ्गल बजार, मङ्गल बजारबाट तानेर सुन्धारा, सुन्धाराबाट तानेर लगनखेल, लगनखेलबाट रथ तानेर जावलाखेल लाने चलन रहेको थियो । यस वर्ष एकै दिनमा रथ तानेर जावलाखेल पु¥याउने कुरा पनि अघि बढिरहेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताएका छन् ।
रथ तान्ने कुरामा सरकारले निर्णय दिएपछि मात्र काम अघि बढाइने ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले बताए । लिच्छवी राजा वरदेवले विसं ८ सयमा पुल्चोकमा रथ बनाउन शुरु गराएका थिए । किंवदन्तीअनुसार नेपालमा एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि विसं ५ सय ४४ देखि ५ सय ५६ सम्म १२ वर्ष उनले यसैको झोकमा नवनागलाई आशन बनाए बस्दा अनिकाल र खडेरी भयो । यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आशनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ७ : ३६ बजे