४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


कोरोना भाइरसबाट संसारभर सात लाख भन्दा धेरै


२२ श्रावण २०७७, बिहिबार  

0
Shares


२१ साउन ०७७, (रासस÷एएफपी) ः विश्वमा कोरोना भाइरसबाट संसारभर सात लाख भन्दा धेरैको जयान गएको छ । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले बुधबार दिएको जानकारी अनुसार सात लाख ४ हजार ४ सय ३८ व्यक्तिको ज्यान गएको जानकारी दिएको छ । संगठनका अनुसार बुधबारसम्म विश्वभरीमा एक करोड ८७ लाख ९ हजार १ सय ६१ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।
सङ्क्रमितमध्ये हालसम्म एक करोड १९ लाख २६ हजार २ सय २४ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६० लाख ७८ हजार ४९९ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६५ हजार ३ सय ३६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गतवर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४९ लाख १८ हजार ४ सय २० जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अहिलेसम्म अमेरिकामा एक लाख ६० हजार २ सय ९ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ४३ लाख ६९ हजार ८४५ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ५० हजार ६४७ जनाको मृत्यु भएको छ ।
उत्तर अमेरिकामा ५७ लाख ८२ हजार ४९९ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख २५ हजार ४५० जनाको मृत्यु भएको छ ।
युरोपमा २९ लाख ४३ हजार ५३२ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख चार हजार ४७२ को मृत्यु भएको छ ।
एसिया ४६ लाख ८ हजार ८०९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने एक लाख २ हजार ४३९ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा नौ लाख ८२ हजार २१९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २१ हजार १४३ जनाको मृत्यु भएको छ ।
ओसियानामा २१ हजार २४० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २७२ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  १० : २० बजे