७ पुस २०८१, आइतबार | Mon Dec 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


कोरोना कहर ः लकडाउनपछि बैंकहरुलाई अबौं घाटा


३१ श्रावण २०७७, शनिबार  

0
Shares

Rastra Bank-Janaboli

३१ साउन ०७७, काठमाडौं । कोरोना माहामारीपछिसरकारले लगाएको लकडाउनपछिनेपाली बैंकहरुले अवौंकोनोक्सानी भाोगेको तथ्य बाहिरिएको छ । क वर्गका नेपाली बैंकहरुको गतआर्थिक बर्षको आर्थिक विवरणको विश्लेषणपछि २५ बटा बैंकहरुले उल्येख्य नाफा गुमाएका हुन् ।
गत आर्थिक बर्षमा यी बैंकहरुले ५१ अर्व १७ करोड मात्रै नाफा गरेका छन् । जव कि अघिल्ले आर्थिक बर्ष ०७५÷७६मा बैंहरुले ५७ अर्व ४४ करोड नाफा गरेका थिए ।
समग्रमा विश्लेषण गर्दा अघिल्लो आवको तुलनामा यी बैंकहरुको नाफा झण्डै ११ प्रतिशतले नाफा गुमाएका हुन् ।
आव ०७६÷७७ मा सबैभन्दा कम नाफा गर्ने बैंकमा सिभिल बैंक रहेको छ । सो बैंकको नाफा ३५ प्रतिशतले घटेको छ । नेपाल एसबिआई बैंकको नाफा ३३.२२, कुमारी बैंकको ०.३१ प्रतिशत छ । विवरणअनुसार माछापुच्छ्रे २६.२२, सानिमाको २४.५६, सिटिजन्स बैंकको २३.७२, नेपाल इन्भेष्टमेन्टको २२.६३, बैंक अफ काठमाडौँको २२.२१ र नेपाल बङ्गलादेश बैंकको नाफा २०.७५ प्रतिशतले घटेको छ ।
यस्तै, स्ट्यान्डर्ड च्यार्टर्ड बैंकको १८.५१, सनराइजको १८.३५, एभरेष्टको १८.१४, नबिलको १५.८५ र राष्ट्रिय वाणिज्य बैंकको ११.७७ प्रतिशतले नाफामा गिरावट आएको छ । सिद्धार्थको ८.२६, हिमालयनको आठ, नेपाल बैंकको १.५५ र कुमारी बैंकको ०.३१ प्रतिशतले नाफा घटेको छ ।
त्यसैगरी सेञ्चुरी बैंकले ३३.९७, ग्लोबल आइएमईले ११, एनसिसीले १०.७४, प्राइमले ४.२७, एनआइसी एसियाले ३.२४ र एनएमबी बैंकले ०.५९ प्रतिशत मात्रै नाफा गरेको आज प्रकाशित विवरणमा समावेश छ ।
राष्ट्रिय वाणिज्य बैंकले रु चार अर्ब ४५ करोड नाफा आर्जन गरेको छ । सिभिल बैंकले रु ४५ करोड ७० लाख नाफा आर्जन गरेको छ । नबिल बैंकले रु तीन अर्ब ५६ करोड, एनआइसी एसिया बैंकले रु तीन अर्ब १२ करोड नाफा कमाएको छ ।
गत वर्ष जनता बैंकलाई गाभेको ग्लोबल आइएमई बैंकले रु तीन अर्ब आठ करोड कमाएको छ । यस्तै नेपाल इन्भेस्टमेन्ट बैंकले रु दुई अर्ब ५७ करोड नाफा कमाएको छ । हिमालयन बैंकले रु दुई अर्ब ५४ करोड नाफा गरेको छ । माछापुच्छ्रे बैंकले रु एक अर्ब २५ करोड, सानिमा बैंकले रु एक अर्ब ७० करोड नाफा गरेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ६ : ५४ बजे