२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सेयर बजारमा सामान्य गिरावट



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक चार दशमलव २८ अङ्कले घटेर दुई हजार ६४५ दशमलव २४ को विन्दुमा कायम भएको हो।

आज ३२५ कम्पनीको एक करोड आठ लाख ६० हजार ८२८ कित्ता शेयर ६० हजार ६२० पटक खरिदबिक्री हुँदा रु चार अर्ब ७१ करोड ६३ लाख ८३ हजार ५८० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। आजको कारोबारमा विकास बैङ्क शून्य दशमलव २६, वित्त शून्य दशमलव ९१, जलविद्युत् शून्य दशमलव २२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३० र लघुवित्त शून्य दशमलव ६१ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ।

बैङ्किङ शून्य दशमलव ६८, होटल तथा पर्यटन शून्य दशमलव ०४, लगानी शून्य दशमलव ७३, जीवन बीमा शून्य दशमलव ५१, म्युचुअल फन्ड शून्य दशमलव १७, व्यापार शून्य दशमलव १० र अन्य समूह शून्य दशमलव १८ प्रतिशतले घटेको छ।

आजको कारोबारमा सागर डिस्टिलरी लिमिटेड, स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र झापा इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने निफ्रा ग्रिन इनर्जी डिबेञ्चरको शेयर मूल्य नौ दशमलव ५१ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको रु २७ करोड १० लाख तीन हजार १८० बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सिद्धार्थ इक्विटी फन्डको सात लाख ६५ हजार कित्ता शेयर किनबेच भएको छ।

प्रकाशित मिति : १६ मंसिर २०८२, सोमबार  ४ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।