२८ पुस २०८२, सोमबार | Tue Jan 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पाँच दिन नपुगी पिसिआर परीक्षण गर्न नहुने


३२ श्रावण २०७७, आइतबार  

0
Shares

फाइल तस्विर

३२ साउन ०७७,काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुले पाँच दिनपछि मात्र पिसिआर परीक्षण गराउनु पर्ने बताइएकोे छ ।
मन्त्रालयले प्रवक्ता डा जागेश्वर गौतमले सङ्क्रमित व्यक्तिका सम्र्पकमा आएका व्यक्तिले तुरुन्तै पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरेको पाइएकाले त्यसो नगरी सङ्क्रमित व्यक्तिको रिपोर्ट आएको पाँच दिनपछि मात्र पिसिआर परीक्षण गराउन अनुरोध गरिएको बताएका छन् ।
“पिसिआर पोजेटिभ आउन पाँच÷सात दिन लाग्ने भएकाले र तुरुन्तै पिसिआर परीक्षण गर्दा फाल्स नेगेटिभ (परीक्षण गर्दा नेगेटिभ तर दुई÷चार दिनपछि पोजेटिभ आउने सक्ने) हुने भएकाले पाँच दिन नपुगी परीक्षण नगर्न, नगराउन अनुरोध गरेको छ”, गौत्तमले भनेका छन् ।
अहिले काठमाडौँ उपत्यकामा १४ अस्पताललाई पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन केन्द्रका रूपमा तोकी स्वाब सङ्कलन गरिँदै आइरहेको छ । यसका साथै इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा, कोरोना सङ्कट व्यवस्थापन केन्द्र र स्थानीय तहले पनि आवश्यकतानुसार स्वाब सङ्कलन गरिरहेका छन् ।
उनले उक्त अवधिभित्र सङ्क्रमितको सम्पर्कमा आएकालाई घरमै बस्नसमेत अनुरोध गरिएको जानकारी दिए । अहिलेसम्म नेपालमा पाँच लाख पाँच हजार ६ सय ६० जनाको पिसिआर परीक्षण गरिएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ९ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।