
महेश सिंह
३२ श्रावण ०७७, सिराहा । भारतबाट भन्सार छलेर ल्याउदै गरेको सामान सशस्त्र प्रहरीले पक्राउ गरेको छ । धान खेतबाट नेपाल भित्रियाई रहेको अबैध कपडा सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
सिरहाको भगवानपुर गाउँपालिका वडा नम्बर ३ आभेनगर अस्थाई सशस्त्र क्याम्पले करिब एक लाख पचास हजार मुल्य बराबरको कपडा पक्राउ गरेको हो । शनिबार राती करीब ११ बजेतिर अस्थाई पोस्ट आभेनगरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट नेपाल ल्याउदै गरेको कपडा प्रहरीले पक्राउ गरेका थिए । भारतबाट भान्सार छली गरी चोर बाटो भएर ब्यापारीहरुको एक समुहले ७ वटा पोका बनाई धान खेतको आलिको बाटो भएर नेपाल भित्रीयाई रहेको अबस्थामा उक्त सम्मान सशस्त्र प्रहरीले पक्राउ गरेका हुन् ।
प्रहरीको क्याम्पबाट नजिकै रहेको नेपाल र भारतको सिमाना भएकोले चोर बाटो भएर ल्याउने गरेको स्थानीयको भनाई छ । आभेनगर प्रहरीले पटक पटक सम्मानहरु बरामत गर्दै आएको छ ।
नेपाल र भारतको खुल्ला बोर्डर भएकाले खेतको आलीको बाटो भएर भारत जाने गरेका छन् । बिश्व माहामारीको रूपमा फैलिरहेको कोरोना भाईरसको संक्रमित कम गर्न र नेपाल , भारत ओहोरदोहोर गर्ने मानिसहरुको भिड कम गर्न नेपाल सरकारले सिमा क्षेत्रमा ठाँउ ठाँउमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको अस्थाई क्याम्पहरु राखेको छ । भगवानपुर गाउँ पालिका वडा नम्बर ३ आभेनगरमा बैशाख १५ गते देखि आधारभुत प्राबि मा अस्थाई चेक पोस्ट राखिएको छ । बरामद गरेको सम्मान दाखिलाको लगानी ठाढि भन्सारमा बुझाएको छ् ।
३२ श्रावण २०७७, आइतबार
0
Shares







प्रतिक्रिया