५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आजदेखि निषेधाज्ञा ः के गर्न पाइन्छ? के पाइदैन ?


३ भाद्र २०७७, बुधबार  

0
Shares


३ भदौं ०७७,काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको माहामारी फैलने क्रम नरोकिएपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले तीनै शहरमा निषेधाज्ञा जारी गरेका छन् । निषेधाज्ञा बुधबार भदौ ३ गते राती १२ बजेबाट शुरु भई भदौ १० रातको १२ बजेसम्म जारी रहनेछ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम यो निषेधाज्ञा जारी गरिएको बताइएको छ ।
के गर्न पाइन्न
१.अत्यावश्यक सामग्री बोक्ने ढुवानी,प्रेस,एम्बुलेन्स,अस्पतालका गाडी,खाद्यबस्तुको ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षानिकायले प्रयोग गर्ने सवारी साधन बाहेक काठमाडौं २.उपत्यकाभर अरु सवारी चलाउन पाइदैन । सबै प्रकारका निजी तथा सार्वजनिकसवारीसाधन सञ्चालन गर्न पाइदैन ।
३.मेला,जात्रामा सहभागी हुन,सभा जुलुस गर्न पाइदैन । मठ मन्दिरहरुमा नित्य पूजा बाहेकका अन्य जमघट गर्न पाइदैन ।
४.स्कूल कलेज, प्रशिक्षण केन्द्र, ट्युसन सेन्टर, भाषा कक्षा लगायतका पठन पाठनका काम गर्न पाइदैन ।
५.कुनै पनि किसिमको सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरन्जनस्थल, सैलुन, व्यूटीपार्लर, स्पा, स्वीमिङपुल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना समेत चलाउन गर्न पाइदैन ।
६.फुटपाथ पसल चलाउन पाइदैन । साथै कवाडी संकलन, होटल, रेष्टुँरा खोल्न पाइदैन।
७.अत्यावश्यक उपाभोग्य वस्तुको कृत्रिम अभाव सृजना हुने गरी सरसामान लुकाउने, मूल्यवृद्धि गर्ने र आपूर्तिमा अवरोध गर्न पाइदैन ।
८.निषेधाज्ञाको समयावधिभर औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक दैनिक उपभोत्तयवस्तुको खरिद प्रयोजनका काम बाहेक कुनैपनि व्यक्ति घरबाट बाहिर निस्कन पाइदैन ।
९.अत्यावश्यक बस्तु र सेवाबाहेक कुनै पनि बस्तुको व्यापार गर्न पाइदैन ।

के गर्न पाइन्छ
१.बैंकिङ सेवाका लागि विद्युतीय माध्यमबाट सेवा दिने तर सम्भव नभएमा न्यूनतम कर्मचारी राखेर सेवा प्रवाह गर्ने सकिने छ ।
२.हवाई उडानबाट विदेशमा जानेहरुका लागि पासपोर्ट, भिषा, कन्फर्म हवाई टिकट हुनेहरु सिधै एयरपोर्ट जाने सवारी साधनको व्यवस्था मिलाउने सकिने छ ।
३.अत्यावस्यक सेवाका लागि घर बाहिर सकिनेछ । घरबाहिर तर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्ने र न्यूनतम भौतिक दूरी कायम गर्नु पर्नेछ ।
४.कोरोना भाइरसको उपचार तथा व्यवस्थापनसम्बन्धी काममा खटिनुपर्ने र अत्यावश्यकीय सेवा प्रदान गर्नुपर्ने कार्यालयमा आउन र जानका लागि विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुकी ३ बजेदेखि साढे ५ बजेसम्म गाडी चलाउन पाइन्छ ।
५.अत्यावश्यक वस्तु तथा सेवा अन्तर्गत औषधि, खाद्यवस्तुु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिइ, आइसोलेसन, फोहोरमैला व्यवस्थापन अस्पताल जाने आउने बिरामी र मृत्यु संस्कारका लागि प्रयोग गर्ने सवारी साधनका लागि अनुमति आवश्यक पर्दैन ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ११ : ०३ बजे