२८ पुस २०८२, सोमबार | Tue Jan 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नेता माधव नेपालका सुरक्षाकर्मीलाई कोरोना सङ्क्रमण


६ भाद्र २०७७, शनिबार  

0
Shares


६ भदौं ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका नौ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
पिसीआर परीक्षण गराउँदा एक जना निजी सुरक्षाकर्मी (पिएसओ) र अन्य घर र गाडीको पछुवामा खटिएका आठ जनामा सङ्क्रमण देखिएको उहाँका स्वकीय सचिव मोहन गौतमले जानाकारी दिए ।
गौत्तम अनुसार वरिष्ठ नेता नेपालले पनि ती सुरक्षाकर्मीसँगै पिसीआर परीक्षण गराएका थिए भने उननमा सङ्क्रमण देखिएन । उनीहरु सबैको शुक्रबार रिर्पोट आएको हो । सङ्क्रमण देखिएपछि उहाँका सुरक्षाकर्मी आइसोलेसनमा छन् ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  १० : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।