
७ भदौं ०७७, ललितपुर । प्रमुख जिल्ला अधिकारी मार्फत जिल्लाभर जारी निषेधाज्ञा केही खुकुलो भएको छ । निषेधाज्ञाका क्रममा हरेक दिन विहान ४ बजेदेखि ७ बजेसम्म खुला रहने अत्यावश्यक बस्तुको पसलहरु अव ९ ः१५ सम्म खोल्न पाइने भएको छ ।
यस अन्र्तगत, खाद्यान्न, दूध, तरकारी, माछा,मासु, फलफुललगायतका सामाग्रीहरु पर्छन् । यी बाहेकका अन्य लत्ताकपडा,जुत्ता,इलेष्ट्रिकल सामान,होटल रेष्टुराँलगायतमा पसलहरु भने बन्द हुनेछन् ।
अति आवश्यक औषधि पसल,स्वास्थ्य सामाग्री, कृषि सामाग्रीका पसलहरु भने जुनसुकै बेला खुला हुनेछन् ।
प्र्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको हस्ताक्षरित विज्ञप्ती मार्फत थप स्प्रष्ट गरिएको सम्बन्धमा सूचना जारी गरेर लक डाउन खुकुलो पारिएको हो । प्र्रमुख जिल्ला अधिकारी भट्टले आइतबार विज्ञप्ती प्रकाशित गरेर निषेधाज्ञा केही खुकुलो गरिएको जानकारी दिएका हुन् ।







प्रतिक्रिया