२८ पुस २०८२, सोमबार | Tue Jan 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


१ सय १५ घरका खरको छाना हटाईयो


१३ भाद्र २०७७, शनिबार  

0
Shares

१३ भदौं ०७७, वालिङ्ग । स्मार्ट सिटीको अवधारणा अन्र्तगत स्याङ्जाको वालिङ नगरपालिकाका १ सय १५ घरका खरको छाना हटाएर जस्तापाता लगाईएको छ ।
नगर कार्यपालिकाको पाँचौं नगरसभाले नगरभित्रका खरका छाना हटाएर जस्तापाता लगाउने नीति तथा कार्यक्रम पारित गरेसँगै आर्थिक वर्ष २०७६÷०७७ मा ती घरको खरको छाना विस्थापन गरिएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताएका छन् । गतआर्थिक वर्षमा नगरपालिकाको रु. ५० लाख र शहरी विकास मन्त्रालयको सशर्त रु. पाँच लाख गरी टेण्डर प्रक्रियामार्फत जस्तापाता खरीद गरी वितरण गरिएको वालिङ नगरपालिकाले जनाएको छ ।
“१४ वडाका खरका छाना विस्थापनका लागि लगत सङ्कलन गरेका थियौं”, नगरप्रमुख खाँणले भने, “२ सय ३० घरका छाना विस्थापनका लागि आवेदन परेकोमा गतआर्थिक वर्षमा १ सय १५ वटाको खरको छानो हटायौ, बाँकी पनि हटाउनेछौँ ।” स्वास्थ्यका दृष्टिले खरको छानो उपयुक्त हुँदाहुँदै आगलागीको संभावना हुने र छाना छाउने दक्ष कामदारको अभावले नगरपालिकाको आर्थिक सहयोगमा जस्तापाता लगाईदिने योजना बनाईएको बताइएको छ । “कतिपय घर परिवार छानो फेर्न नसक्ने अवस्थामा हुनुहुन्छ, खरको छानो भएका गरीब हुन् भनी फरक ढङ्गले हेर्ने र प्रवृत्तिको अन्त्य गर्न यो अभियान चलाईएको हो”, नगर प्रमुख खाँणले भने ।
खरका छाना भएका घरधनीले सम्बन्धित वडाको सिफारिस र छानोको फोटोसहितको निवेदन नगरपालिका कार्यालयमा दिएपछि प्राविधिकले हेरेर जस्तापाता दिने प्रक्रिया रहेको नगरपालिकाका जिन्सी शाखा प्रमुख राजेन्द्रप्रसाद रेग्मीले बताए ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ८ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।