२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति


२० भाद्र २०७७, शनिबार  

0
Shares

फाइल तस्विर

२० भदौं ०७७, तनहुँ । तनहुँको व्यास नगरपालिकाले नगरक्षेत्रभित्र सार्वजनिक यातायातका साधन सञ्चालन गर्न अनुमति दिएको छ । नगरपालिकाले यही भदौ २१ गते आइतबारदेखि नगर क्षेत्रभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको हो ।
क्षमता अनुसार मात्र यात्रुहरुलाई राखी स्वास्थ्य मापदण्ड पालना गर्दै तोकिएको भाडादर लिइ बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म सार्वजनिक यातायात सञ्चालन गर्न खुला गरिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिएका छन् । गृहमन्त्रालय र छिमेकी पालिकाहरुले तोकेको विषयहरुमा सोही बमोजिम लकडाउन हुने गरी नगरक्षेत्रभित्र सार्वजनिक यातायातका साधन सञ्चालन गर्न अनुमति दिने निर्णय नगरपालिकाले गरेको छ ।
नगरपालिकाले कोरोनाको जोखिम समुदायस्तरसम्म नपुगोस् भनी सर्वपक्षीय सहमतिमा पहिलो पटक भदौ १ गतेदेखि ७ गतेसम्म र दोस्रोपटक भदौ ८ गतेदेखि १२ गतेसम्म व्यापार, व्यवसाय, यातायातका साधन र भेला सम्मेलन बन्द गर्ने निर्णय गरेको थियो । भदौ १३ गतेदेखि व्यापार व्यवसाय स्वास्थ्य मापदण्डलाई पालना गर्दै सञ्चालन गर्ने गरी लकडमउन खोलिएको र सार्वजनिक यातायातका साधन सञ्चालन भदौ २० गतेसम्म बन्द गर्ने निर्णय भएको थियो । सार्वजनिक यातायातका साधन सञ्चालन भएपनि कोरोना भाइरसको अन्त्य नभएकाले थप सतर्कता अपनाउन नगरपालिकाले नगरवासीलाई आग्रह गरेको छ ।
कार्यसमिति विस्तार
स्कूल अफ डेमोक्रेसीको तनहुँ कार्यसमिति विस्तार गरिएको छ । सस्थाको विधान अनुसार जिल्ला कार्यसमितिमा विभिन्न क्षेत्रबाट पदाधिकारी र सदस्यहरु नियुक्त गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा दीर्घबहादुर थापा, सचिवमा बसन्त कंडेल, सहसचिवमा सरोज भण्डारी, कोषाध्यक्षमा मिला दरै, सदस्यहरुमा गलबहादुर गुरुङ, दलबहादुर दुरा, गजेन्द्र पौडेल, ईश्वरराज पन्थ, प्रकाशचन्द्र हड्खले, अन्जनकुमार श्रेष्ठ, सुमन थापा मगर, उदयचन्द्र कंडेल, जब्बर मियाँ, मनबहादुर रुचाल, सकिना खातु, स्वस्तिका भट्टराई गैह्रे, रिया गुरुङ, महेन्द्र आचार्य, शैलेश खाती, विजय गुरुङ, विपिन कुंवर र अमृत ढकाल नियुक्त भएका छन् ।
जिल्ला अध्यक्ष डम्बरबहादुर अधिकारीका अनुसार संस्थाले लोकतान्त्रिक पद्धतिको संस्थागत विकास र संविधानको मूल मर्मलाई आत्मसात गर्दै लोकतान्त्रिकरणको प्रक्रियामा योगदान पु¥याउँदै आएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  १० : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।