२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बाघको आक्रमणबाट एकको मृत्यु


२२ भाद्र २०७७, सोमबार  

0
Shares

फाइल तस्विर

२२ भदौं ०७७, चितवन । पश्चिम चितवनको बाटुली पोखरीमा बाघको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १३ का ६० वर्षीय बाबुराम महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार उनको शव आज दिउँसो भेटिएको हो । उनी घरबाट घाँस काट्न बिहान आठ बजे निस्किएका थिए । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको सो पोखरी सामुदायिक वनमा घाँस काट्न गएको समयमा महतोलाई बाघले आक्रमण गरेको हो । बाघको आक्रमण पछि उनको टाउको र खुट्टा मात्रै फेला परेको छ । घटना स्थलबाट दुई किलोमिटर पश्चिम जङ्गलमा उनको टाउको र खुट्टा भेटिएको महत्तोले जानकारी दिएकाछन् । घटना भएको जानकारी पाएपछि नेपाल प्रहरी, नेपाली सेना र निकुञ्जको टोली हात्ती सहित घटना स्थलमा पुगेका थिए ।
भवन शिलन्यास
इच्छाकामना गाउँपालिका वडा नम्बर ३ माझगाउँमा रहेको माझगाउँ माध्यमिक विद्यालयको चार कोठे भवनको शिलन्यास गरिएको छ । गाउँपालिका अध्यक्ष गीता गुरुङले आज विद्यालय भवनको शिलन्यास गर्नुभएको हो । वि.सं २०७२ सालको भूकम्पले क्षति पुगेको सो विद्यालय भवनलाई राष्ट्रिय पुनर्निमाण प्राधिकरणको रु ७४ लाख सहयोगमा भवन निर्माण गर्न लागिएको हो । विद्यालयमा तीन सय विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ६ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।