२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सैनिक स्मारकमा श्रद्धाञ्जली अर्पण


२५ भाद्र २०७७, बिहिबार  

0
Shares

सैनिक स्मारक सैनिक मञ्च टुंडिखेलमा रिद लेइंग तथा ७नतसद्धाञ्जली अर्पण गर्नुहुँदै प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा । तस्वीर ः नारायण न्यौपाने/ रासस

२५ भदौं ०७७, काठमाडौ । प्रधानसेनापति पूर्णचन्द्र थापाले कमाण्ड सम्हालेको दुई वर्ष पूरा भएको अवसरमा बुधबार छाउनी र टँुडिखेलस्थित सैनिक स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जलि अर्पण गरेका छन् । यस अवसरमा सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित कार्यक्रममा थापाले सिपाही पाक्षिक विशेषाङ्कको विमोचन गरेका छन् ।
यो विशेषाङ्कमा नेपाली सेनालाई प्रणाली र पद्धतिमा सञ्चालन हुने संस्थाका रुपमा विकास गर्दै लैजाने आधारका रुपमा विगत दुई वर्षमा तयार भएका र कार्यान्वयन गरिएका कार्यविधि, निर्देशिका, तालिमका म्यानुअल र कमाण्डर एवं स्टाफका लागि आवश्यक सन्दर्भसामग्री समेटिएको छ ।
कार्यक्रममा प्रधानसेनापति थापाले कार्यकालको पहिलो र दोस्रो वर्षका लागि निर्धारण गरिएका लक्ष्य र प्राप्त उपलब्धिको समीक्षा गर्दै घोषणा गरिएका विषयमा हालसम्मको कार्यप्रगतिको उपलब्धि उत्साहजनक रहेको बताए । बलाधिकृत रथी प्रभुराम शर्माले सङ्गठनभित्र रहेका कमजोरी सङ्गठन आफैँले पहिचान गरी त्यसलाई सही मार्गमा ल्याउने प्रणालीको विकास गरिएबाट सङ्गठनलाई स्वतन्त्र रुपमा क्रियाशील हुन र प्रणालीलाई बलियो बनाउन मद्दत पुगेको बताए ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहिबार  ७ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।