२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पृथ्वी राजमार्गको कुरीनटारमा पहिरो


८ आश्विन २०७७, बिहिबार  

0
Shares


८ असाोज ०७७, चितवन ः पृथ्वी राजमार्गको नारायणगढ–नौवीसे सडक खण्ड अन्तर्गत कुरीनटारमा पहिरो खसेको छ । बुधबार साँझ ६ः३० वजे पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार सो ठाउँको पहिरो राति नै पन्छाउने प्रयास गरिएको छ । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत चार किलो र पाँच किलोमा पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याईएको छ । ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने ती स्थानमा दिउँसो ४ः३० बजे पहिरो खसेर सडक अवरुद्ध भएको थियो । साँझ सातबजेबाट दुबै ठाउँमा सडक एकतर्फी सञ्चालनमा आएको भट्टले जानकारी दिएका छन् ।
दुई दिन यताको निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गको ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी रहेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ८ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।