२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


अझैं ३ दिन बर्षा


९ आश्विन २०७७, शुक्रबार  

0
Shares


९ असोज ०७७, काठमाडौं । भारतको मध्य प्रदेशको पुर्वी भु–भागमा रहेको न्युन चापीय क्षेत्र(पानी पर्ने वादलका कणहरु) निरन्तर उत्तरतर्फ सर्ने क्रम नरोकिएपछि अहिले बर्षा भइरहेको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार अझै ३ दिनसम्म झरी पर्ने जनाएको छ ।
हाल कर्णाली प्रदेश र सुदुर(पश्चिम प्रदेशमा आंशिक बदली र वाँकी प्रदेशमा सामान्य बदली रहेको छ । साथै प्रदेश न १ प्रदेश न २ बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।
शुक्रबार देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । साथै प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशको एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
शुक्रबार रातको समयमा देशभर सामान्य बदली रहे पनि केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र गण्डकी प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ७ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।