२८ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


दशै आयो बजार अनुगमन सुरु,२४ उद्योग विरुद्ध मुद्दा


२६ आश्विन २०७७, सोमबार  

0
Shares

२६ असोज ०७७ ललितपुर । दशैं तिहार आएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको अनुगमनलाई तिब्रता दिएको छ । चाडवार्ड नजिक आएकाले टोली गठन गरी खाद्य अनुगमन तथा परीक्षण तिब्र पारिएको हो । विभागका सहप्रवक्ता सन्तोष दाहालले अनुगमनका क्रममा खाद्य ऐन प्रतिकुल देखिएका उत्पादक कम्पनी तथा उद्योग विरुद्ध मुद्दा चलाइएको जानकारी दिए ।
तत्कालै गुनासो सुन्न तयार पारिएको समुह ‘र्यापिड रेस्पोन्स टिम’ मा विभिन्न २४ उजुरी परेकोमा एक पानी उद्योग अनुमती वीना सञ्चालन भएको पाइएकाले बन्द गराइएको छ । खाद्य ऐन विपरित रहेको दुई उद्योगलाई उत्पादन रोक्का गरिएको विभागले जनाएको छ । अन्य २१ उद्योग विरुद्ध भने मुद्दा चलाइएको दाहालले जानकारी दिए ।

दाहालका अनुसार विभाग र मातहतका कार्यालयबाट कुल ३ सय ९८ स्थानका होटल, खाद्य उद्योग, दाना उद्योग खाद्य पसलमा अनुगमन भएको थियो । त्यसमध्ये खाद्य पदार्थ तथा दाना उद्योगको २ सय ७८ र खाद्य स्वच्छता सम्बन्धि १ सय ५५ गरी ४ सय ३३ नमूना सङ्कलन भएको थियो । परीक्षणका क्रममा १४ वटा नमूना प्रतिकुल देखिएकाले कारावही गरिएको छ । अन्य अनुसन्धान कै क्रममा रहेको जनाइएको छ ।

विभागअन्तरगत मुलुकमा २४ डिभिजन कार्यालय र १२ स्थानमा खाद्य आयात÷निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय रहेको छ । यसअघि कार्यालयले भदौ २८ देखि नै तीन वटा अनुगमन टोली परिचालन गर्दै आएको छ । कोरोनाका कारण पिउने पानी, दुध तथा दानाकोअनुगमन गरिएको थियो ।

अहिले भने चाडबाड केन्द्रीत अनुगमन टोली तयार गरी परिचालन गरिएको विभागले जनाएको छ । मातहतका कार्यालयलाई समेत अनुगमनलाई तिब्रता दिन दिर्नेशन दिइएको छ ।
यसअघि पानी उद्योगमा ५४ पटक अनुगमन भएको र २५ नमूना सङ्कलन भएको थियो । दुई वटा नमूना प्रतिकुल देखिएकाले कारवाही प्रक्रिया अघि बढेको जनाइएको छ । अन्य नमूना विष्लेषणको क्रममा छ ।
सात दुग्ध उद्योगमा अनुगमन भएकोमा छ वटाको नमूना सङ्कलन भएको छ । खाद्य व्यवसायको ३१ ठाउँमा अनुगमन भएकोमा ३४ नमूना सङ्कलन गरिएको र एउटा प्रतिकुल देखिएकाले कारवाही प्रक्रिया शुरु गरिएको विभागले जनाएको छ ।
चडबाडमा समेत गुनासो सम्बोधन गरिने
विभागले चाडबाडको विदाको समयमा पनि गुनासो सुन्ने भएको छ । यस्तै प्रयोगशाला परीक्षण समेत सञ्चालन गरिने विभागले एक सूचनामार्फत जानकारी दिएको छ । त्यसका लागि सम्पर्क व्यक्ति समेत तोकिएको छ । खाद्य पदार्थको उत्पादनदेखि उपभोगसम्मको विभिन्न नियम निर्देशिका कार्यान्वयनमा तिब्रता दिइएको सहप्रवक्ता दाहालले बताएका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  १२ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।