२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कोरोना संक्रमितले पनि कक्षा १२ को परीक्षा दिन पाउने


६ कार्तिक २०७७, बिहिबार  

0
Shares

National Examinations Board (NEB) Nepal. Photo: NEB

६ कात्तिक ०७७, काठमाडांै । राष्ट्रिय परीक्षा बोर्डले आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन हुने कक्षा १२ को परीक्षामा कोरोना सङ्क्रमित विद्यार्थीले पनि दिन पाउने भएका छन् । संक्रमितका लागि अलग्गै परिक्षाको व्यवस्था गरेपछि संक्रमित विद्यार्थीले पनि परिक्षा दिन पाउने भएका हुन् ।
बोर्डले सार्वजनिक गरेको परीक्षा कार्यतालिकामा कोरोना सङ्क्रमित परीक्षार्थीलाई परीक्षामा सामेल नहुन अनुरोध गर्दै त्यस्ता परीक्षार्थीका लागि नेपाल सरकारको मान्यताप्राप्त प्रयोगशालाको रिपोर्टका आधारमा पछि छुट्टै व्यवस्था गरिने उल्लेख छ ।
यो परीक्षा सामाजिक दूरीसहित छोटो अवधिका सञ्चालन गरी ४० प्रतिशत प्राप्ताङ्कका लागि लिइनेछ । विद्यार्थीको २० प्रतिशत लब्धाङक आन्तरिक मूल्याङ्कन र ४० प्रतिशत कक्षा ११ को लब्धाङकबाट गणना गरिनेछ । बोर्डले ४० प्रतिशत लब्धाङकका लागि अनलाइन परीक्षासमेत गर्न सकिने विकल्प सुझाएकामा त्यसको विश्वसनीयतामा विभिन्न प्रश्न उठेपछि परीक्षा सञ्चलन हुने भएको हो । बोर्डले जिल्ला बाहिर रहेका परीक्षार्थीको विवरण सङ्कलन गरी परीक्षामा सामेल गराउने तयारी गरेको छ ।
लामो समयको गृहकार्य र अन्योलपछि नेपाल सरकारको सैद्धान्तिक निर्णयबाट झण्डै पाँच लाख विद्यार्थी सहभागी हुने परीक्षाका लागि बोर्डले बुधबार कार्यतालिका सार्वजनिक गरेको हो । कोरोना महामारीको जोखिमका कारण गत वैशाख ८ गतेदेखि हुने भनिएको सो परीक्षा स्थगन भएको थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहिबार  ५ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।