२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बडा दसैं मौलो पूजा


९ कार्तिक २०७७, आइतबार  

0
Shares


९ कात्तिक ०७७, काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले नेपाल प्रहरीले मनाउँदै आएको बडा दसैंका अवसरमा आइतबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरेकाछन् ।
पूजाअर्चनाको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक पालले निसानमा पञ्जा छाप लगाए । साथै उनले मौलो पूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी सहायक निरीक्षक भवानी चन्द र प्रहरी हवल्दार जितेन्द्र खाँ थारुलाई पगरी तथा नगद पुरस्कार प्रदान गरे ।
पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । उक्त अवसरमा उपस्थित महानुभावहरूलाई पूजारीबाट टीका तथा प्रसाद वितरण गरिएको थियो ।
सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  १२ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।