२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


अपरिचितले एकान्तमा युवकको खुट्टा छिनिएपछि …


११ कार्तिक २०७७, मंगलबार  

0
Shares

फाइल तस्विर

११ कात्तिक ०७७, दाङ्ग । दाङको तुलसीपुर उपमहानगरपालिका–११ नवलपुर निवासी ४५ वर्षीय कुमार विक बाँया खुट्टा छिनिएको अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार सोमबार राति १० बजेतिर तुलसीपुर–१२ गोलौरीमा अज्ञात व्यक्तिहरुको आक्रमणबाट विक बाँया खुट्टा छिनिएका अवस्थामा फेला परेका हुन् ।
खुट्टा छिनिएको र दुवै हातमा गम्भीर चोट लागेपछि उनलाई सोमबार राति नै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको थियो । प्रनाउ सिंहका अनुसार अत्यधिक रक्तस्राब भएकाले कोहलपुरबाट पनि काठमाडौँ लैजाने तयारी भएको छ ।
उनी गोलौरीमा भान्जाको विहे खान गएको र त्यहाँबाट घर फर्किने क्रममा पढ्ढा र गोलौरी बीचको एकान्त स्थलमा अपरिचित समूहले साङ्घातिक आक्रमण गरेको हुन सक्ने प्रहरीको भनाइ छ । आक्रमण गर्ने व्यक्तिको पहिचान हुन सकेको छैन । खोजी कार्य भने जारी रहेको प्रनाउ सिंहले बताए ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ११ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।