२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काठमाडौंको नागढुंगामा पटकासहित पक्राउ


१२ कार्तिक २०७७, बुधबार  

0
Shares

१२ कात्तिक ०७७, नागढुंगा काठमाडौं । चन्द्रागिरि नगरपालिक २ नागढुङगाबाट करिब १३ लाख ३० हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार थान खुर्सानी पटाका सहित कञ्चनपुर भिमदत्त नगरपालिका ४ घर भएका ३० वर्षीय नबिन जोशीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महेन्द्रगनरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ४५५ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसको सिट मुनि लुकाई छिपाई ल्याएको अवस्थामा उक्त पटाका फेला पारी बस चालक जोशीलाई पक्राउ गरेको हो ।
काठमाडौं, चन्द्रागिरि नगरपालिका २ नागढुङगाबाट ८ हजार ४ सय थान खुर्सानि पटाका, १२ थान सिङग्ल रकेट लेखिएको पटाका, ८० थान गमला पटाका, १ सय थान बुलेट पटाका, १ सय ९० थान लामो रकेट पटाका सहित रौतहट राजदेवी नगरपालिका ६ घर भएका ३२ वर्षीय पिन्टु जैसवाललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । रौतहटको गौरबाट काठमाडौंतर्फ आउँदै गरको ना.६ ख ७११४ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा जैसवालले झोलामा लुकाई छिपाई ल्याउँदै गरेको उक्त पटाका सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
उनीहरु उपर मुलुकी अपराध संहिता २०७४ अन्तर्गत बिष्फोटक पदार्थ सम्बन्धि कसुरमा अनुसन्धान र कारवाही प्रकृया शुरु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ९ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।