२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मादल व्यवसाय सङ्कटमा


२१ कार्तिक २०७७, शुक्रबार  

0
Shares

राजधानीको वसन्तपुरमा मादल बनाउदै कालिगढ गोपि कुलु र आकाश कुलु ।

२१ कात्तिक ०७७, चितवन । चितवनको इच्छाकामना–५ मुग्लिनका सूर्यबहादुर परियारको पसलमा चाडवाडको समयमा दैनिक ५० भन्दा बढी मादल बिक्ने गथ्र्यो । जब चाडवाड नजिकिन्थ्यो उनको मादल पसलमा ग्राहक लाइन लाग्ने गथ्र्योे । काठमाडौँ, पोखरा र नारायणगढ जाने मुग्लिन बजारको चोकमा रहेको उनको पसलमा देशभरका ग्राहक आउने गर्थे । केही वर्षयता उहाँको पसलमा चाडवाडको बेलामा समेत मादल कमै बिक्री हुने गरेको छ । चाडवाड बाहेक अ? बेला त मादल बिक्री नै नहुने परियारको भनाइ छ । उनले भने, “केही वर्षयता मादल बिक्नै छाडेको छ, चाडवाडको बेला अलीअली बिक्ने गरे पनि अन्य समयमा बिक्री हुँदैन ।”
झण्डै २० वर्षदेखि गर्दै आएको आफ्नो मुख्य पेशा धरापमा परेको उनले बताए । उनले भने, “हाम्रो रोजीरोटी यही हो, यसरी मादल नै बिक्न छाडेपछि दैनिक घरायसी खर्चसमेत धान्न गाह्रो भएको छ, यसले चिन्तित बनाएको छ ।” पेशा नै परिवर्तन गर्ने सोचमा रहेको उनले बताए । परियार आफैँ मादल बनाउने गर्छन । उनले बनाएको मादल देशका विभिन्न बजारमा व्यवसायीले लैजाने गर्छन् ।

मादलको व्यापार घट्नुको प्रमुख कारण गाउँघरमा विवाह व्रतबन्ध देउसी भैलोमा ‘स्पिकर’ साउन्ड सिस्टमको प्रयोग रहेको मादल व्यासयीको भनाइ छ । अर्का मादल व्यवसायी विष्णु अर्याल पनि मादल बिक्न छाडेको बताउछन् । उनले भने, “मेला, बजार र देउसीभैलोमा मादल बजाउने क्रम घटेको छ , गाउँघरमा पनि प्रायः अत्याधुनिक स्पिकर र साउन्ड सिस्टमको प्रयोग गरेर रमाइलो गर्न थालिएको छ, मेहनतअनुसारको मूल्य पाउन पनि छोडको छ ।” पछिल्ला वर्षमा मादल व्यवसाय धरायसी बन्दै गएको बेला कोरोना महामारीका कारण झन् सङ्कटमा परेको मादल व्यावसायीह? बताए ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ३ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।