२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मरेको चितुवा फेला


२९ कार्तिक २०७७, शनिबार  

0
Shares


२९ कात्तिक ०७७, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा–साँगाचोकगढी नगरपालिका–४ मा पर्ने लाम्पाखे सामुदायिक वनको ठूलोचौरमा संरक्षित चितुवा मृत अवस्थामा फेला परेको छ ।
अन्दाजी २५ किलो तौलको पाटे चितुवा आज बिहान मृत अवस्थामा भेटिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । बस्तीबाट अनुमानित एक किलोमिटर माथि जंगलमा टाउकामा चोट लागेको अवस्थामा मृत चितुवा फेला परेको हो ।
दुई चितुवाबीच भिडन्त हुँदा उक्त चितुवा मरेको आशंका गरिएको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए । केही समय पहिले देखि नै बाघ, चितुवाले गाइ बस्तु खान थालेपछि स्थानीयवासी चितुवाको आक्रमणबाट हैरान हुँदै आएका थिए । मृत चितुवालाई घटनास्थल छेउमा गाडिएको जिल्ला वन कार्यालयका प्रमुख लोकराज नेपालले जानकारी दिए ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ७ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।