४ असार २०८२, बुधबार | Wed Jun 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


दाउराले हानेर हजुरआमाको हत्या गरेको आरोपमा पक्राउ


८ मंसिर २०७७, सोमबार  

0
Shares


८ मङ्सिर ०७७, दाङ । आफ्नै ८४ वर्षीया हजुरआमा केशरी घर्तीलाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा गढवा गाउँपालिका १ चिसापानी बस्ने २८ वर्षीय जिवन घर्तीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
मानसिक सन्तुलन गुमाएको बताइएका जिवनले आफ्नै हजुरआमा, २८ वर्षीया श्रीमती, ९ वर्षीय छोरा, ६ वर्षीया छोरी र ३० वर्षीय दाजु समेत ५ जनालाई घरमा सुतिरहेको अवस्थामा एक्कासी चिर्पटले टाउकोमा हानी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट कालाकाटेबाट खटिएको प्रहरीले जिवनलाई पक्राउ गरेको हो ।
कुटपिटबाट गम्भीर घाइते भएकी केशरी घर्तीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । कुटपिटबाट सामान्य घाइते भएका उनका दाजुको स्थानीय स्तरमा र गम्भीर घाइते भएका अन्य ३ जनाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
यस घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ६ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।