२७ पुस २०८२, आइतबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ट्याक्सीमा छुटेको लाखौ पर्ने गहना र पैसा फिर्ता


१६ मंसिर २०७७, मंगलबार  

0
Shares


१५ मङ्सिर ०७७, काठमाडौं । काठमाडौं महानगरपालिका २६ लैनचौर बस्ने ५३ वर्षीया शोभा सापकोटाको यात्राको क्रममा ट्याक्सीमै छुटेको नगद ३१ हजार ५ सय रुपैयाँ र करिब १८ तोला सुनका विभिन्न गहना प्रहरीले फेला पारी बुझाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बा.१ य ९६८ नम्बरको ट्याक्सीमा लैनचौर आउने क्रममा शुक्रबार उक्त धनमाल ट्याक्सीमा छुटेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उक्त ट्याक्सीमा उनीसँगै सवार टोखा नगरपालीका(२ बस्ने २८ वर्षीय दिपेश बस्नेतसँग आइतबार दिउँसो गहना र नगद फेला पारी शोभालाई बुझाएको थियो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ९ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।