१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पोर्चुगल पठाइदिन्छु भन्दै लाखौं ठग्ने नक्कली दलाल पक्राउ


१६ मंसिर २०७७, मंगलबार  

0
Shares


१५ मङ्सिर ०७७, काठमाडौं । वैदेशिक रोजगारको लागि पोर्चुगल पठाईदिन्छु भनि नगद १६ लाख २५ हजार २ सयद ५० रुपैयाँ ठगी गरेको अभियोगमा रुपन्देही ओमसतिया गाउँपालिका ६ घर भई काठमाडौं महानगरपालिका १६ सोह्रखुट्टे बस्ने ३३ वर्षीय शिव नारायण चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
शिव नारायणले रुपन्देही जिल्लाका २ जना व्यक्तिहरूबाट त्यस रकम बैंक खातामा जम्मा गर्न लगाई अफर लेटर, भिषा लगायतका कागजातहरू नक्कली बनाई ठगी गरेको भन्ने पीडितहरूको उजुरीको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सुन्धाराबाट पक्राउ गरेको हो ।
उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारबाहीका लागि महानगरिय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ९ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।