२७ पुस २०८२, आइतबार | Sun Jan 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


३ जना प्रहरी उपरिक्षक निलम्बित


१७ मंसिर २०७७, बुधबार  

0
Shares


१७ मङ्सिर ०७७, काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी उपरीक्षक बिमल बस्नेत, महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा कार्यरत प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादव र ईलाका प्रहरी कार्यालय कपिलकोट सिन्धुलीमा कार्यरत प्रहरी निरीक्षक मेघराज प्रसाद चौरसियालाई निलम्बन गरिएको छ ।
प्रहरी संगठनको छविमा आँच आउने एवं अन्य प्रहरी कर्मचारीहरुलाई असर पु¥याउने किसिमको कार्य गरेको बुझिन आई प्रारम्भिक छानबीन गर्दा आफूलाई सुम्पिएको जिम्मेवारीरदायित्व पूरा नगरी प्रहरी नियमावली, २०७१ विपरित आचरण व्यवहार तथा गैर व्यवसायिक कार्य गरेको पुष्टी हुन आएकोले निजहरु उपर थप जाँचबुझ एवं छानबिन गर्न प्रहरी
नियमावली, २०७१ को नियम ११५ को (४) बमोजिम मंसिर १६ गतेको (सचिवस्तर) को निर्णय अनुसार बढीमा ६ महीनाको लागि निलम्बन गरिएको गृह मन्त्रालय प्रहरी कर्मचारी शाखाले जनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ६ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।