१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कांग्रेसद्वारा संसद् बैठक माग


१९ मंसिर २०७७, शुक्रबार  

0
Shares


१९ मंसिर,०७७, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय रूपमा उठेका तथा देश र जनताका ज्वलन्त विषयमा छलफल गर्नका लागि सङ्घीय संसद्को बैठक अविलम्ब बोलाउन सरकार र सभामुखसमक्ष माग गर्ने निर्णय गरेको छ । कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको आजको बैठकले तनहुँमा प्रहरी प्रशासनबाट दमनकारी व्यवहार भएको, कोरोनाको नियन्त्रण र उपचारमा सरकारले उदासीनता देखाएको तथा स्वास्थ सामग्री खरीदमा भ्रष्टाचार भएको आरोप लगाउँदै त्यसविरुद्ध विरोध प्रदर्शन गर्ने जनाएको छ ।
पार्टीले यही मङ्सिर २९ गते ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  १० : २३ बजे