११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


प्रेरणादायी महिला ः जो वाइक घिच्याउदै दिन विताउँछिन्


२१ मंसिर २०७७, आइतबार  

0
Shares


२१ मंसिर ०७७, पाटन । पाटनकी रिना शिल्पकार हरेक दिन १० बजेतिर पाटन मंगलबजारस्थित दरवार परिसर आइपुग्छिन् । दिनभर पाकिङ्गको मोटरसाइकल मिलाउने पाकिङ्ग शुल्क उठाउने मात्रै होइन । विहान बेलुका घरको काम गर्ने जिम्मेवारी पनि उनकै हो ।
केही बर्षअघिसम्म समाजमा गाह्रो साधुरो काम महिला धक मान्थे । फुटपाथमा बाइक धकल्ने पैसा उठाउने जिम्मा मानौं सबै पुरुषको थियो । तर परिवर्तित समयसँगै समाज पनि बदलिदै छ । महिलाहरु समाजमा खुल्न थालेका छन् ।
दिनभर घरमा त्यतिकै बस्नु अनावश्यक कुरा गरेर समय गुजार्नु रिनालाई उचित लागेन । जीवनको महत्वपूर्ण क्षणहरु खेर नफाली उपयोगी काममा लगाउनु जरुरी रहेको उनी बताउछिन् ।
त्यसैले दिनभर घरमा बसेर त्यतिकै समय विताउन उनलाई उचित नलागेन । पाकिङ्गमा श्रीमान्लाई काम सघाउन आउन थालिन् । छ वर्षदेखि यही काम गरिरहेकी रिना प्रतिप्रश्न गर्दै उनी भन्छिन्, मेहनत गरेर खान केको लाज ?’
पहिले पहिले रिनालाई बाइक तान्न मिलाउन गाह्रो हुन्थ्यो । उनी भन्छिन् , ‘अहिले बानी पर्यो । काम सझिलै लाग्छ ।’

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  १ : १० बजे