२२ मंसिर २०८०, शुक्रबार | Fri Dec 8 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आजको काठमाडौंका २ अपराध ः वलत्कार र लागुऔषध कारोबार


२१ मंसिर २०७७, आइतबार  

0
Shares

२१ मंसिर ०७७,काठमाडौं । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौ महानगरपालिका २१ दलाक्षी डेरा गरी बस्ने ५० वर्षीय बद्री बहादुर धिताललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । धितालले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका १४ कलङकी खसीबजारस्थित सडक किनाराबाट नियन्त्रित लागूऔषध २५ एम्पुल बुप्रेनोर्फिन, २५ एम्पुल डाइजेपाम र २५ एम्पुल फेनारगन र प्रदेश ०२९ ०१७ प ६१४८ नम्बरको मोटरसाइकलक सहित सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका १० ठेगाना भएका २४ वर्षीय बिमल ठकुरीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण व्यूरो कार्यालय कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई लागूऔषध र मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो । साथै ठकुरीलाई लागूऔषध बिक्री गर्न दिने काठमाडौं महानगरपालिका १४ ठेगाना भएका ३६ वर्षीय कृष्ण तामाङलाई समेत काठमाडौं महानगरपालिका १४ कुलेश्वरबाट बुधबार पक्राउ गरेको छ ।
उनीहरु उपर लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको व्यूरोले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  २ : ०६ बजे