६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विचार


कोरोना पोजेटिभ आए के गर्ने ?


२६ मंसिर २०७७, शुक्रबार  

0
Shares


२६ मंसिर ०७७, ललितपुर । कोभिडको परीक्षण गरेपछि रिपोर्ट नआउन्जेल तानाव पक्कै हुन्छ । कोरोना पोजेटिभ रिपोर्ट आउँदा चिन्ता बढ्नु सवभाविक हो ।
कोभिडको रिपोर्ट पोजेटिभ आएपछि धेरै आत्तिनु भन्दा आफूलाई सम्हालेर स्वाथ्यको ध्यान दिनु जरुरी हुन्छ । कोरोना लाग्यो अव मरिन्छ कि भन्ने चिन्ता गर्नु भन्दा ८० प्रतिशतभन्दा बढी सङ्क्रमण हल्का वा मध्यमखालका रहेको कुरा विर्सनु हुँदैन ।
आजकल धेरै कोरोना स.क्रमितहरु अस्पताल भर्ना हुदैनन् । दुई हप्ता आराम गरेपछि निको भएर आफ्नो काममा लाग्ने गर्दछन् । डाक्टरको सल्लाह अनुसार सही समयमा ठीक कदम चालेमा सङ्क्रमणलाई गम्भीर हुनबाट रोक्न सकिन्छ ।
१.डाक्टरसँग सल्लाह
कोरोना पोजेटिभ रिपोर्ट आएपछि सबैभन्दा पहिला डाक्टर भेट्नु वा फोन सम्पर्क गरेर स्वास्थ्य सल्लाह लिनु पर्छ । आफूलाई आवश्यक औषधि, के खाने के नखाने भन्ने बारे डाक्टरले सही सल्लाह दिन्छन् । आफू खुशी औषधि खानु हुँदेन । पुराना र गम्भिर रोग भए डाक्टरसँग राम्रो सल्लाह लिएर अघि बढ्नु पर्छ ।
२. क्वारेन्टाइनमा बस्ने
कोरोना परिक्षणपछि रिपोर्ट नआउञ्जेल छुट्टै क्वारेन्टाइनमा बस्नुपर्छ । आफूलाई कारोना संक्रमण भएको पुष्टि भए यो अवधिमा अरु कसैलाई नसरोस भनेर छुट्टै बस्नु परेको हो । यसरी क्वारेन्टाइनमा बस्दा आफ्ना आफन्त र साथीभाईहरुलाईं कोरोना लाग्नबाट जोगिन सक्छ ।
३.आइसोलेसनमा बस्ने
सङ्क्रमण पुष्टि भए अरुलाई सङ्क्रमण नहोस् भन्ने अभिप्रायले छुट्टै घर वा कोठामा बस्नु पर्छ । आफू बसेको ठाँउमा बच्चा वा अरु मानछेलाई आउन दिनु हुँदैन । भाँडाकुडा छुट्टै प्रयोग गर्नुपर्छ । शौचालय पनि छुट्टै हुनु जरुरी छ ।

४.सरसाल्लाह
कोरोना परिक्षणअघि आफूसँग सम्पर्कमा आएका व्यक्तिहरुको लिस्ट तयार गरेर उनीहरुलाई सम्पर्क गरेर साथीभाईहरुलाई कोरोना परिक्षण गर्न सुझाव दिनु पर्छ । सम्पर्कमा आएका व्यक्तिहरु सर्तक हुने हो भने थप कोरोना संक्रमण फैलन पाउदैन ।
४.५..आराम
कोरोना संक्रमण पुष्टि भएपछि आफूमा लक्षण छैन भनेर हिडडुल कहिल्यै गर्नु हुँदैन । कोरोनालाई धेरै हल्का रुपमा पनि लिनु हुँदैन । ज्यादै गम्भिर हुनु पनि हुँदैन ।
६.सहयोगी
सङ्क्रमितको हेरचाहका गर्न आफ्ना कोही न कोही आवश्यक पर्छ । संक्रमितलाई खाना, खाद्यान्न, खाजाको व्यवस्ता, औषधि,पत्रपत्रिका पानी कपडा आदिको व्यवस्था गनु पर्ने हुन्छ । संक्रमणकै बेला गम्भिर सवास्थ्य अवस्था आए अस्पताल लैजाने व्यवस्थ गर्ने व्यक्ति चाहिन्छ । आपत विपत्मा सहयोग गर्न एक जना आवश्यक हुन्छ ।
७उपचार
लक्षण र सङ्क्रमणको अवस्था हेरेर बिरामीलाई विभिन्न उपचारको आवश्यकता पर्न सक्छ । रगतमा अक्सिजन नाप्न अक्सिमिटर राख्न महत्वपूर्ण हुन्छ । बिपी वा चिनीको समस्या हुनेहरूले रक्तचाप मोनिटर र ग्लूकोमिटर पनि आफूसँगै राख्नुपर्छ ।
आइसोलेसनमा बसेपछि आफूमा देखिएको लक्षणलाई शुक्ष्म विश्लेषण गरेर उपचार अघि बढाउनु पर्छ । सास फेर्न गाह्रो हुने समस्या, अक्सिजनको स्तर र ज्वरोको अवस्थालाई निरन्तर अनुगमन गर्नुपर्छ । निरन्तरको परिक्षण र अनुगमनपछि सङ्क्रमितलाई गम्भीर अवस्थामा पुग्नु अघिका तयारी समयमै गर्न सकिन्छ । जाँच र परिक्षणसँगै गरिने अनुगमनको संकेतबाट ज्यानलाई जोगाउन सकिन्छ ।

८.योग तथा ध्यान

संक्रमित आइसोलेसन बसेको समयमा खानपानमा ध्यान दिने, सरसफाइमा ध्यान दिने, योग तथा ध्यान गर्ने, व्यायाम वा शारीरिक गतिविधिलाई तन्दरुस्त राख्ने, नकारात्मक विचार हटाउने तथा आत्मवल बढाउने गर्नुपर्छ । १४ दिनको आइसोलेन बसाइपछि पुनः परीक्षण गर्न सकिन्छ । रिपोर्ट नेगेटिभ नआएसम्म आइसोलेसनमा बस्नु नै उचित हुन्छ । साथै, रिपोर्ट नेगेटिभ आएपछि घरलाई सेनिटाइज गरी, सतर्कता अपनाउन पर्छ ।

९.सावधानी
रिपोर्ट नेगेटिभ आए पनि पूर्णरुपमा निको हुन समय लाग्न सक्छ । रिपोर्ट नेगेटिभ आए पनि देखिएका लक्षण नहराएमा केही दिनका लागि फेरि आइसोलेसनमै बस्न पर्छ । एक पटक सङ्क्रमित भइसकेपछि जोखिम रहँदैन भनेर सोच्न हुँदैन । सर्तक हुनुपर्छ । पुनःसङ्क्रमण हुन सक्ने सम्भावना रहेको हुँदा सङ्क्रमणबाट जोगिनका लागि सबै सावधानी अपनाउनु नै आवश्यक हुन्छ ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  १० : ५९ बजे