१ आश्विन २०८१, मंगलबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


चागुँनारायणमा विश्वकै अग्लो त्रिशुल निर्माणको शिलान्यास


२७ मंसिर २०७७, शनिबार  

0
Shares


२७ मंसिर ०७७, चागुनारायण । भक्तपुरको चाँगुनारायण नगरपालिका–५ त्रिशुलडाँडामा विश्वकै अग्लो त्रिशुल स्थापना भएको छ । महाँकाल त्रिशुलडाँडा उपभोक्ता विकास समितिले महाँकाल त्रिशुलडाँडा परिसरमा आज (शनिबार)आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले निर्माणाधीन त्रिशुलको शिलान्याश गरका छन् ।
उनले संविधानले नै हिन्दू धर्मलाई संरक्षण गरेका भन्दै संविधानको विपरीत जानुपर्ने कुनै कारण नभएको बताए । उनले हिन्दू धर्मलाई जोडेर राजाका नारा लगाउनु व्यर्थ भएको भनाइ राखे । त्रिशुलडाँडामा कूल रु चार करोड ४२ लाख ११ हजार ९१३ लागतमा १२१ फिट अग्लो त्रिशुल र ५५ फिट अग्लो गुरु गोरखनाथ मन्दिर स्थापना हुने भएको छ । करिब नौ महिनामा त्रिशुल निर्माण सम्पन्न गरिने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  १० : १० बजे