२८ भाद्र २०८१, शुक्रबार | Sat Sep 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नर्भिकमा १ सय ३६ किलोकी महिलाको शल्यक्रिया


२९ मंसिर २०७७, सोमबार  

0
Shares


२९ मंसिर ०७७, काठमाडौं । नर्भिक अस्पतालमा १३ सय ६ किलो तौल भएकी महिलाको दुरबिन प्रविधिबाट पाठेघर र पित्तथैलीको जटिल शल्यक्रिया गरिएको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा बरिष्ठ स्त्री रोग बिशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मा, बरिष्ठ सर्जन डा. सञ्जय पौडेल, बरिष्ठ मुटुरोग बिशेषज्ञ डा.जेपी जैसवाल र डा. सुरेश लामिछानेसहितको टिमले करिब साढे २ घण्टा लगाएर ललितपुर पाटनकी ३८ बर्षिय रत्ना महर्जनको जटिल शल्यक्रिया गरेको हो ।
सामान्यतः १ सय ३६ किलो तौल भएका बिरामीको दरबिन प्रविधिबाट पाठेघर र पित्त थैलीको एकै पटक शल्यक्रिया गर्नु निकै कठिन भएपनि अस्पतालमा उपलव्ध अन्तराष्ट्रिय स्तरको सुविधाका कारण सहज रुपमा बिरामीको शल्यक्रिया सम्पन्न गर्न सकिएको डा. शर्माले बताइन ।


पाठेघरमा अधिक मासु पलाएको र पित्त थैलीको समस्याका कारण बिरामी सामान्य हिडडुल गर्न नसक्ने अवस्थामामा थिइन् । ल्याप्रोस्कोपिक सर्जन डा. शर्माले भनिन, शल्यक्रियाको दुई दिनमा उनी राम्रोसँग हिड्ने अवस्थामा थिइन्, शल्यक्रियाको तीन दिनमै उनलाई भोली हामी डिस्चार्ज गर्दैछौ । दुरबिनबाट शल्यक्रिया गरेका कारण अवको एक हप्तापछि उनले नियमित काम गर्न सक्ने डा. शर्माले बताइन ।
शरीरको बढी तौलका कारण मुटुको समस्या हुँदा समेत सहज ढंगले शल्यक्रिया सम्पन्न भएको भन्दै महर्जनले खुशी व्यक्त गरिन ।
बढी तौल भएकाहरुको पेट चिरेर शल्यक्रिया गर्दा रगत धेरै बग्ने, घाँउ निको हुन समय लाग्ने र घाउ पाक्ने जस्ता समस्या आउने भएकाले बिरामीलाई अधिक आराम र सुविधा दिन दुरबिन प्रविधि निकै लाभदायक हुने चिकित्कहरुको भनाई छ ।
आधुनिक प्रविधि र सुविधा भए उच्च जोखिममा रहेका बढी तौल भएका बिरामीको शल्यक्रिया पनि सहज रुपमा गर्न सकिने डा. शर्माले बताइन । टेष्ट ट्युव बेवी बिशेषज्ञ समेत रहेकी डा.शर्माले गत असारमा नर्भिक अस्पतालमै १ सय ६८ किलो तौल भएकी महिलाको शल्यक्रिया मार्फत सफल प्रशुती गराएकी थिइन ।

 

 

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ३ : ५८ बजे