२२ मंसिर २०८०, शुक्रबार | Fri Dec 8 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


‘सभामुख सापकोटा निष्पक्ष र तटस्थ’


३० मंसिर २०७७, मंगलबार  

0
Shares

 फाइल तस्विर

३० मंसिर ०७७, काठमाडौं । संवैधानिक परिषद्को मंसिर आइतबार र मंगलबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाको अनुपस्थितिलाई लिएर उठेका प्रश्न स्पष्ट पार्न भन्दै सभामुखको सचिवालयले प्रेस विज्ञप्ती जारी गरेको छ ।
गत आइतबार संघीय संसद सेवा दिवस २०७७ को पूर्वनिर्धारित कार्यक्रम अन्तरगत विहान ८ ः ३० बजे संघीय संसद, सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठक स्वयम् सभामुखले अध्यक्षता गर्ने कार्यक्रम रहेकाले उपस्थित हुन नसक्नु विज्ञप्ती मार्फत जानकारी गराइएको छ ।
साथै त्यस दिन विहान ९ बजे परिषद् बैठकमा उपस्थितिका लागि पत्राचार गरिएका बताइएको छ ।
मंगलबारको संवैधानिक परिषद् बैठकमा अनुपस्थित भएको विषयमा सभामुख सापकोटाले बैठकको पूर्वतयारी, गृहकार्य, आपसी परामर्श र आवश्यक समन्वय अभावका सम्बन्धमा प्रधानमन्त्रीलाई जानकारी गराएको विज्ञप्ती मार्फत जानकारी दिइएको छ ।
राज्य संचालनमा दीर्घकालनीन एवं दुरगामी महत्व राख्ने निर्णयमा संवैधानिक परिषदका सदस्यहरुबीच पर्याप्त गृहकार्य र समन्वय हुनुपर्छ भन्ने सभामुखको स्पष्ट मान्यता रहेको उल्येख छ ।
नेपालको संविधान, संविधानले निर्दिष्ट गरेको विधिको शासन, शक्ति पृथकिकरण र सन्तुलनको सिद्धान्तलाई स्मरण गर्नु उपयुक्त हुने भन्दै राज्यका तीन अङ्ग कार्यपालिका, व्यबस्थापिका र न्यायपालिकाका प्रमुख र प्रतिनिधि सभाको विपक्षी दलको नेता समेत सहभागी रहने संवैधानिक परिषदको बैठकले लिने निर्णयले दुरगामी महत्व राख्छ भन्ने विषयलाई सभामुखज्यूले गहिरोसँग आत्मसात गर्नु भएको बताइएको छ ।
संसदलाई जीवन्त र जनमुखी बनाउने सूत्र वाक्यलाई हृदयङ्गम गरि जननिर्वाचित सर्बोच्च निकाय संघीय संसदको गरिमालाई माथि उठाउने विषयलाई सदैब जोड दिँदै आएको छ र जनतामा निहित सार्वभौमसत्ताको अभ्यास गर्ने थलो, संघीय संसद प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएदेखि निष्पक्ष र तटस्थ रुपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको अवगत गराइएको छ ।
विज्ञप्तीमा संघीय संसदको गरिमा कायम राख्दै संवैधानिक परिषदको मर्यादा र जिम्मेवारीप्रति सभामुख सचेत रहेको उल्येख गरिएको छ ।

 

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ७ : ५१ बजे