
ललितपुर खबर
४ पुस ०७७, ललितपुर । हातमा कमण्डलु र शरिरमा नामनामी लगाएका एक साधु राजधानीको माइतीघरमण्डलामा जारी आन्दोलनमा शुक्रबार एक साधु प्लेकार्ड बाकेर सडक आन्दोलनमा देखिए । सडकमा नारा लगाए अनि सडकै किनारामा बसेर खाजा खाए ।
रामानन्द यादव नाम बताउन यी साधुको घर सलाही हो । उनी आजकले जडीबुटी बस्छन् ।
४० कठ्ठामा लगाएको ८२ कुइन्टल उखुको पैसा अझै असुल्न नसकेको उनी बताउछन् । भन्छन्, ‘मेरो हात भाँचिएर स्थिल राखिएको छ । काम गर्न सक्दिन ।’ त्यैले साधुको भेषमा भागेर हिड्ने गरेको उनले बताए ।
भन्छन्, ‘पैसा दिने नदिने कुनै टुंगो छैन । सरकारले हाम्रो समस्या सुन्दैन ।’
४ पुस २०७७, शनिबार
0
Shares








प्रतिक्रिया